राजनीति

बाम एकताले काँग्रेस एकरतिपनि डराउदैन : सूजाता कोइराला

काठमाडौँ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताएकी छन् ।

आफ्नै निवास मण्डिखाटारमा देउसीभैलो कार्यक्रममा नेत्री कोइरालाले निर्वाचन भएसँगै मुलुकले जित्ने बताउँदै उनले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच भएको गठबन्धनसँग नेपाली काँग्रेस डराउन नहुने बिचार ब्यक्त गरेकि छन् । चुनाव भएपछि मुलुकमा दिगो विकास र आर्थिक समृद्धि हासिल हुने उनको भनाइ थियो ।