राजनीति

कांग्रेस दोलखाले टुंग्यायो उम्मेद्वारी

दोलखा । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि दोलखामा आफ्ना उम्मेद्वारहरुको टुंगो लगाएको छ । दोलखामा पार्टी सभापति रुद्रबहादुर खड्का संघीय प्रतिनिधिसभा सदस्यमा छनोट भएका छन् ।

त्यस्तै प्रदेशसभाका लागि जिल्ला नेताहरु केशव चौलगाई र बर्मा लामा छनोट भएको नेपाली कांग्रेस दोलखाले जनाएको छ । चौलागाई र लामा क्रमस प्रदेश नम्बर १ (क) र १(ख) का उम्मेद्वार चयन भएका हुन् ।

लामो समय नेपाली प्रजातान्त्रिक आन्दोलनमा होमिएका खड्का दोलखाका पूर्व जिविस सभापति समेत हुन् ।