पु.समाचार

आज गोबद्र्धन पुजा गरिदै

काठमाण्डौ । आज यमपञ्चकको चौथो दिन । आजको दिन गाई,गोरु अर्थात गोबद्र्धन पुजा गरिदैछ । गाईको पुजा गरी आज मीठा–मीठा परिकारहरु खान दिएमा गाईबाट पाइने शुद्धता प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

नेपालका कतिपय ठाउँमा औंसीकै दिन गाईको पुजा गर्ने चलन रहेको छ । तर आज गाई र गोरुको पुजा गर्ने कुरा धार्मिक मान्यतामा उल्लेख छ ।

आज गाईको पुजा गरी साउन शुक्ल पूर्णिमाका दिन दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक मान्यता रहेको छ ।

त्यस्तै आज गोरुको पनि पुजा गर्ने चलन छ । वर्षाभरी जोतिएर किसानलाई सघाउने गोरुलाई पुजा गर्ने र मिठा मिठा खानेकुरा दिने चलन रहँदै आएको छ ।