आर्थिक

यो साता नेप्सेमा उल्लेख्य सुधार

काठमाण्डौ । नेपाली बजारमा यो साताको नेप्से परिसुचक ५० दशमलब ७ अंकले बृद्धि भएको छ । तिहारको बिदा परेपनि यो साताको नेप्सेमा ह्वात्तै बृद्धि भएको हो ।

गत हप्ताको तुलनामा यो साताको कारोबार रकम २३ दशमलब ३४ प्रतिशतले बृद्धि भएको जनाइएको छ । यो साता १ सय ७३ कम्पनीको १५ हजार ६ सय ५२ कारोबार २ अर्ब १७ करोड ८२ लाख ३९ हजार रुपैयाँ बराबरका ४८ लाख १२ हजार ३ सय ८० कित्ता शेयर किनबेच भएको जनाइएको छ ।