पु.समाचार

विप्लवको पार्टीद्वारा केन्द्रीय सदस्य निश्काशित

काठमाण्डौ । विप्लव नेतत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना एकजना केन्द्रीय सदस्यलाई पार्टीबाटै निश्काशन गरेको छ । सो पार्टीका केन्द्रीय सदस्य झकबहादुर मल्ल पार्टीको साधारण सदस्य समेत नरहने गरी निश्काशित भएका हुन् ।

सो पार्टीका प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य मल्ललाई साधारण सदस्य समेत नरहने गरी निश्काशन गरिएको जनाएका छन् ।उनले विज्ञप्तिमा भनेका छन्, केन्द्रीय सदस्य रहेका सुदिपमा लामो समयदेखि राजनैतिक, वैचारिक, सांगठनिक र आर्थिक अराजकतासाथै अनुशासन हीनता देखा पर्दै आएका थिए।

पछिल्लो चरणमा ब्यक्तिगत आर्थिक आर्जनकालागि पार्टीको शक्तिदुरुपयोग गर्दै मानिसलाई अपहरण गरी नियन्त्रणमा लिने र रकम असुली गर्ने जस्ता गम्भीर अपराधमा संलग्न देखिए पछि उनलाई गत केन्द्रीय समितिको वैठकबाट एक तहको कार्यवाही गरिसकिएको थियो। यो कुरा सर्वविदितै छ। यसै बीचमा सुदिपले राजीनामा पेस गरेका थिए। या त गल्तीहरूलाई आत्मसाथ गरी रुपान्तरणहुनुपर्ने या त राजीनामा स्वीकृति गरी पार्टीबाट निष्काशन गरिने विषयमा हेडक्वाटरसँगै छलफल चलिरहेकै थियो । ’

प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा आफ्ना गम्भीर प्रकृतिका अपराध सच्याउँनुको साटो कार्यवाहीमा परिसकेपछि पार्टी परित्याग गर्नु एउटा नाटक मात्र हो। अतः निज झकबहादुरलाई पार्टीकोसम्पूर्ण जिम्मेवारी र साधारण सदस्य पनि नरहने गरी निष्काशन गरिएकोछ।’