राजनीति

फोरम लोकतान्त्रिक कांग्रेसमा समाहित भएपछि देखियो यस्तो संकेत

काठमाण्डौ । नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित भएपछि दाङको एउटा निर्वाचन क्षेत्रमा यसको सकारात्मक प्रभाव पर्ने देखिएको छ । यो एकिकरणले जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसलाई मजबुत बनाएको छ ।

यी दुई पार्टीबीच एकिकरण भएसँगै र्काग्रेसले यो क्षेत्रमा प्रभावशाली उपस्थिति जनाउने आकलन गरिएको छ ।

थरुहट आन्दोलनको उद्गम थलोका रुपमा रहेको यो चुनावी क्षेत्र (देउखुरी) थरुहट आन्दोलनका कमान्डरमध्येका एक योगेन्द्र चौधरीको गृहजिल्ला हो । चौधरी फोरम लोकतान्त्रिकका प्रमुख सचेतक थिए । यो क्षेत्रमा उनको प्रभाव बलियो मानिन्छ ।