राजनीति

तिहारलगत्तै माओवादी मन्त्रीहरुले चाल्ने भए यस्तो कदम

काठमाडौं । नेकपा माओवादी केन्द्रका मन्त्रीले आगामी ५ कात्तिकमा राजीनामा दिने तयारी गरेका छन् । आगामी १० र २१ मंसिरमा हुने संघ र प्रदेशको पहिलो चरणको निर्वाचनका लागि ४ कात्तिकमा प्रत्यक्षतर्फ पनि मनोनयन दर्ता भएसँगै माओवादी केन्द्रका सबै मन्त्रीले राजीनामा दिने तयारी गरेका हुन् ।

यसअघि २९ असोजमा समानुपातिकतर्फ मनोनयन सम्पन्न भइसकेको छ भने कात्तिकमा प्रत्यक्षतर्फ पनि मनोनयन भएसँगै निर्वाचनको सुनिश्चितता हुने भन्दै त्यसलगत्तै राजीनामा दिने तयारी माओवादी मन्त्रीहरुको छ ।

 माओवादी प्रवक्ता पम्फा भुसालले निर्वाचनको सुनिश्चितता हुनासाथ माओवादी मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउने बताइन् भन्दै बिहीबारको राजधानीमा समाचार लेखिएको छ,