पु.समाचार

बाबुरामले नयाँ प्रस्ताव राखेपछि कांग्रेसभित्र खैलाबैला

काठमाडौं । नेपाली कांग्रेसले गोरखा निर्वाचन क्षेत्र नम्बर २ नयाँ शक्ति पार्टीका संयोजक डा। बाबुराम भट्टराईलाई छाडे पार्टीलाई घाटा हुने भन्दै कार्यकर्ताले विरोध गर्न थालेका छन् ।

‘कांग्रेसलाई जरैदेखि फाल्नुपर्छ भनेर वाम गठबन्धनमा लागेका भट्टराईलाई गठबन्धनले गोरखा २ नदिएपछि उनी कांग्रेससँग तालमेल गर्न आएका छन्’, कांग्रेसका एक नेताले भने, ‘भट्टराईका कार्यकर्ताले अर्को क्षेत्रमा कांग्रेस उम्मेदवारलाई भोट हालेर जिताउँछन् भन्ने ग्यारेन्टी के ?

बिहीबारको नागरिकमा लेखिएको छ, जिल्ला तहका नेता कार्यकर्ता र गोरखाबाट केन्द्रीय तहमा पुगेका नेता पनि गोरखा २ मा भट्टराईलाई छाड्न तयार छैनन् ।

स्थानीय तह निर्वाचनमा गोरखाका ११ मध्ये ९ तह जितेको कांग्रेस अहिले जिल्लामा पहिलो शक्ति देखिन्छ । दोस्रो माओवादी केन्द्र , तेस्रो एमाले र चौथोमा नयाँ शक्ति छ । तर, भट्टराईले चुनावी प्रतिष्पर्धा गर्न लागेको गोरखा २ मा भने नयाँ शक्ति एमालेभन्दा अगाडि छ ।