राजनीति

राजपाभित्र पैसावाललाई टिकट बाँडिएपछि…

काठमाण्डौ । पैसावाललाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि टिकट दिएको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा असन्तुष्टि बढेको छ ।

पैसा भएका र पहुँच भएकालाई टिकट वितरण गरेको विरोधमा महासचिव केशव झा सहित केन्द्रीय नेता पार्टी मुख्यालय बबरमहलमा अनशन बसेका छन् । झाको नेतृत्वमा नेताहरु बुधबार बिहान साढे ११ बजेदेखि अनशन बसेका हुन् ।

आफ्ना गोजीका व्यक्ति, पैसा बुझाउने अनि सामाजिक क्षेत्रमा बदनाम भएकाहरुलाई समानुपातिक र प्रदक्ष्य दुवैतर्फको टिकट वितरण गरेको उनीहरुके आरोप छ । उनीहरुले पार्टीले गरेको टिकटको निर्णय च्याउनुपर्ने माग गरेका छन् ।