आर्थिक

सितापाइला–नौबिसे सुरुङ मार्गको कामले ह्वात्तै गति लियो

काठमाण्डौ । नागढुंगा-सीतापाइला सुरुङ निर्माण गर्न विस्तृत परियोजना (डीपीआर) तयार भइरहेको सडक विभागले जनाएको छ । राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगा सीतापाइला सुरुङ मार्ग बनाउन डीपीआरको काम तीव्र रुपमा भइरहेको विभागको वैदेशिक महाशाखाले जानकारी दिएको छ । यस आर्थिक बर्षभित्र नै डीपीआर तयार पार्ने विभागका एक उच्च अधिकारीले जानकारी दिए ।

२ दशमलव ५ किलोमिटर लम्बाइ रहने सुरुङ मार्ग जापानी सहयोग नियोग (जाइका) को ऋण सहयोगमा निर्माण हुन लागेको हो । सुरुङमार्ग काठमाडौंको सीतापाइलादेखि धादिङको नौबिसेसम्म निर्माण हुनेछ ।