पु.समाचार

प्रधानमन्त्री देउवाले माग पुरा गर्ने प्रतिबद्धता जनाएपछि १० बुंदे सहमति गर्दै यसरी डा.केसीले तोडे अनशन, ६ गतेभित्र पुरा नभए पुनः बस्ने

काठमाण्डौ । मेडिकल क्षेत्रमा ब्यापक सुधार गर्नुपर्ने माग राखी १३ औं पटक अनशन बसेका शिक्षण अस्पताल महाराजगजँका आवाशीय चिकित्शक प्रा.डा. गोबिन्द केसीले बुधबार १४ दिनमा अनशन तोडेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले माग पुरा गर्ने बचन दिएपछि डा. केसीले ६ गते सम्ममा माग पुरा गर्ने लगायतका १० बुंदे सहमतिमा हस्ताक्षर गरेपछि अनशन तोडेका हुन् । केसीका चिकित्शा शिक्षा बिधेयक संसोधन सहित पारित गर्ने, आईओएमको शूल्क घटाउने, मेडिकल कलेज खोल्दा जनसंख्या र भूगोललाई आधार बनाएर मात्र अनुमति दिने, त्रिभूबन र काठमाण्डौ विश्वबिद्यालयमा पावरको दुरुपयोग गरि मेडिकल शिक्षामा अनियमितता गर्नेलाई छानबिन गरि कारबाही गर्ने लगायतका मागलाई कार्यन्वयन नगरे पुनः अनशन बस्ने बताएका छन् ।

यसअघि पनि पटक पटक मेडिकल क्षेत्रका सुधारका लागि शान्तिपूर्ण बाटो अपनाउदै अनशन बसेका डा. केसीलाई नागरिक समाजको ठूलो जत्थाले समर्थन गर्दै आएको छ ।