मनोरञ्जन

बालीकालाई संलग्न गराई यौनधन्दा गर्नेलाई प्रहरीले नाटकीय ढंगले यसरी हतकडी लगायो

काठमाण्डौ ।  प्रहरीले छापा मारेर यौनधन्दामा संलग्न रहेका ५ बालिका र ९ युवतीसहित यौनधन्दा चलाउनेहरुलाई पक्राउ गरेको छ । सुराकीको आधारमा प्रहरी आफैं ग्राहक बनेर गएर यौनधन्दाको पर्दाफास गरेको हो । सबैलाई अदालत पेश गरिएकोमा अदालतले बालिकाहरुलाई बाल सुधार गृह र अन्यलाई जेल पठाएको छ।

भारतको मध्यप्रदेशको नीमचमा आइतबार राती छापा मार्दा यस्तो भेटिएको थियो । सबैलाई सोमबार अदालत पेश गरिएको थियो । प्रहरीले यहाँ एउटा घरको दुई भागमा यौनधन्दा चलिरहेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो । प्रहरीले दुई जनालाई नक्कली ग्राहक बनाएर पठाएको थियो । यी २ जनाले त्यहाँ गएर जनही ५ सय रुपैयाँ दिएर दुई युवती उपलब्ध गराउन पठाएपछि दुवैलाई दुई फरक फरक कोठामा पठाइयो । यी दुई जनाले तत्कालै प्रहरीलाई इशारा गरे ।

प्रहरीले तत्कालै घरमा छामा मार्दा माथिल्लो तलामा ७ र तल्लो तलामा ७ जना युवती र बालिकाहरु भेटिएपक्राउ परेकामध्ये ५ नाबालिक छन् उनीहरुको उमेर १४ देखि १६ वर्षको छ । अन्य ९ जना बालिग छन् उनीहरुको उमेर १८ देखि २५ वर्षका छन् । यी युवतीलाई यौनधन्दामा लगाउने दुई महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ। एजेन्सी