पु.समाचार

गाउँपालिकाका लागि सत्र रोपनी जग्गा दान गर्ने दानवीरहरु यस्ता छन्

इलाम । सन्दकपुर गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयबासीले करिब रु ३४ लाख मूल्य बराबरको जग्गा दान गरेका छन् ।

गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयले सन्दकपुर गाउँपालिका–२ देउराली बजार आसपास १७ रोपनी जग्गा दान गरेका हुन् ।

दिनेश सुवेदी र कृष्ण सुवेदीले पाँच रोपनी, नेत्र सुवेदीले चार रोपनी, देउराली बजार व्यवस्थापन समितिबाट तीन रोपनी, टीकामाया गुरुङ, धनप्रकाश राई, डम्बर सुवेदी र रमिला बुर्जाले एक÷एक रोपनी तथा लीला बुर्जा र जीवन शिवाले आधा÷आधा रोपनी जग्गादान गरेका हुन् ।

उनीहरूले गाउँपालिकाको नाममा सोमबार मालपोत कार्यालयमा पास गरिदिएको स्थानीय दिनेश सुवेदीले जानकारी दिए ।

गाउँपालिकालाई प्राप्त जग्गा र आवश्यक पर्ने जग्गाको व्यवस्थापन गरी भवन निर्माणको प्रक्रिया अघि बढाइने गाउँपालिकाको कार्यालयले जनाएको छ ।