समाचार

पूर्वमन्त्री आचार्यको अन्त्येष्टि

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता एवं पूर्वमन्त्री रामकृष्ण आचार्यको आज साँझ पशुपतिस्थित आर्यघाटमा अनत्येष्टि गरिएको छ ।

अर्बुद रोगका कारण ८० वर्षको उमेरमा आज बिहान ३ बजे निधन भएका आचार्यको वैदिक परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।

उहाँलाई श्रद्धाञ्जलि दिन उपप्रधानमन्त्री कमल थापालगायत मन्त्रीहरु तथा पार्टीका नेता–कार्यकर्ताको ठूलो उपस्थिति आर्यघाटमा थियो ।

यसअघि उहाँको पार्थिव शरीरलाई धुम्रबाराहीस्थित पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिएको थियो । आचार्यको दुई श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ ।