पु.समाचार

पर्यटक भिसामा राम्रो काम लगाईदिन्छु भन्दै ठगी गर्ने समूह ब्यूरोको कडा कारबाहीमा

काठमाण्डौ । भिजिट भिसामा रोजगारीका लागि यूएई पठाईएर अलपत्र परेका पीडितहरुलाई दूताबास र स्थानीय एनआरएनद्वारा उद्दार गरिएका १६ जना नेपाली नागरिकहरुको उजुरीको आधारमा चारजना ब्यक्तीलाई केन्द्रीय अनुसंधान ब्यूरोले पक्राउ गरि अदालत पेश गरेको छ ।
यूएईमा आकर्षक जागिर लगाउने भन्दै तीन महिना अलपत्र पारेको भन्दै मानब बेचबिखनको आरोपमा मुद्धा चलिरेका ईश्वर भण्डारी, विर्घमान गुरुगं, मिन भनिने राजु घले र भानु ढकाललाइ पक्राउ गरि म्याद थपका लागि जिल्ला अदालत म्याद थप गराई अनुसंधान गराईरहेको ब्यूरोका प्रहरी उपरिक्षक जिबन श्रेष्ठले बताएका छन् ।