राजनीति

अन्ततः माओबादी सरकारबाट यसरी बाहिरिदैछ

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवालाई घेराबन्दी गरेर अप्ठ्यारो पार्न खोजेको माओबादी सरकारबाट बाहिरिने भएको छ । प्रधानमन्त्रीलाई समर्थन गर्दै एमालेसंग बाम एकतामा गएपछि काँग्रेस सभापति समेत रहेका प्रधानमनत्ती देउवाले राप्रपा सहितका दलहरुलाई सरकारमा सामेल गराएपछि नैतिकताका आधारमा सरकारमा बसिरहनु राम्रो नहुने भन्दै माओबादीले राजीनामा दिन लागेको हो ।
मंगलबार केहिबेरमा गृहमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलन गरेर सरकारबाट बाहिरिएको घोषणा गर्ने कार्यक्रम रहेको बताइएको छ । बाम एकता भएपछि काँग्रेसले फोरम लोकतान्त्रीकका अध्यक्ष विजय कुमार गच्छदारलाई आफ्नो पार्टीमा भित्र्याएको छ । भने बाम गठबन्धनमा सामेल भएका डा. बाबुराम भट्टराई काँग्रेससंग तालमेलको लागि वार्तामा छन् ।