सूचना प्रविधि

कैदीबन्दीलाई ४३ इन्चको टिभी

बेँसीशहर । जिल्ला कारागारमा रहेका कैदीबन्दीले ४३ इन्चको एलइडीसहित दुई थान टेलिभिजन पाएका छन् । कारगारभित्र रहेका पुरुष तथा महिला कैदी तथा बन्दीलाई छुट्टाछुट्टै दुई थान टेलिभिजन प्रदान गरिएको हो ।

संसद् विकास कोषबाट पूर्व सांसद टुकाभद्र हमालबाट पुरुष कैदीबन्दीका लागि रु एक लाख पाँच हजार बराबरको ४३ इन्चको एलइडी टेलिभिजन र लमजुङ जिल्ला समन्वय समितिबाट महिला कैदीबन्दीका लागि रु २५ हजार बराबरको १४ इन्चको हिमस्टार टेलिभिजन उपलब्ध गराइएको हो ।

कारागारभित्रै सोमबार आयोजित कार्यक्रममा कैदीबन्दीलाई टेलिभिजन हस्तान्तरण गरिएको थियो । पच्चीसजना कैदी अटाउने क्षमता रहेको उक्त कारागारमा हाल ७१ कैदी तथा बन्दी छन् ।