खेलकुद

फिफाले सार्वजनिक गर्यो नयाँ वरियताक्रम, यस्तो छ नेपालको पोजिसन !

काठमाडौं ।  फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबल महासंघ फिफाले सोमबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेर १ सय ७६ औँ स्थानमा पुगेको छ ।

यसअघि नेपाल १ सय ७५ औँ स्थानमा थियो । दक्षिण एसियामा  भारत १०५ औँ स्थानमा छ । त्यसैगरी अफगानिस्तान १ सय ५४ औँ स्थानमा, माल्दिभ्स १ सय ५६ औँ, भुटान १ सय ९० औँ र बङ्गलादेश १ सय ९६ औँ स्थानमा छ । यस्तै श्रीलंका १ सय ९८ औँ र पाकस्तिान २ सय १ औँ स्थानमा छन् ।

विश्व वरियतामा जर्मनी शीर्ष स्थानमा छ । ब्राजिल दोश्रो र पोर्चुगल तेस्रो स्थानमा छन् । वरियतामा सबैभन्दा राम्रो सुधार तुर्किमिनिस्तानले गरेको छ । तुर्केमिनिस्तान २२ स्थान माथि चढ्दै १ सय १४ औँ स्थानमा पुगेको छ ।
यी हुन् उत्कृष्ट १५ देश
जर्मनी
ब्राजिल
पोर्चुगल
अर्जेन्टिना
बेल्जियम
पोल्याण्ड
फ्रान्स
स्पेन
चिली

   पेरु

  स्वीटजरल्याण्ड
इंग्ल्याण्ड
कोलम्बिया
वेल्स
इटाली