राजनीति

चार वर्षभित्रका सरकार निर्माणमा कांग्रेसका यी दुई नेताले बनाए नयाँ रेकर्ड !

काठमाण्डौ । संविधानसभा र रुपान्तरित व्यवस्थापिका संसद्को चारवर्षे कार्यकालमा ४ सरकार गठन हुँदा मुलुकले १८७ मन्त्री पायो। ती सरकारमध्ये काँग्रेसका तत्कालिन सभापति शुशिल कोइरालाले सबैभन्दा सानो २४ सदस्यीय मन्त्रिपरिषद् बनाए भने काँग्रेसकै सभापति शेरबहादुर देउवाले इतिहासकै जम्बो ६४ सदस्यीय बनाएका छन्।

यी दुई नेताले नयाँ रेकर्ड बनाएका छन् । तत्कालीन सभापति कोइराला दिवंगत भैसकेका छन् ।

अन्तरिम संविधानअनुसार गठन भएको ५९९ सदस्यीय संविधानसभा संसदबाट चार वर्षको अवधिमा प्रत्यक्ष निर्वाचित ९९ जना र समानुपातिकबाट आएका ७१ जना सांसदले मन्त्री बन्ने मौका पाए। त्यस्तै आठजना गैरसांसदले पनि मन्त्री बन्ने मौका यही अवधिमा पाए भन्दै मंगलबारको नयाँ पत्रिकामा समाचार प्रकाशित छ ।