पु.समाचार

नेपाल वायुसेवा निगममा पाइलटहरुले लगातार राजीनामा दिएपछि….

काठमाण्डौ । चिनीयाँ जहाज उडाएर एक पैसा नाफा गर्न नसकेको राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमलाई तीन जहाज अब साँच्चिकै घाँडो भएका छन् ।

निगमले १७ सिट क्षमताका दुर्इथान चिनीयाँ जहाजबाट आन्तरिक उडान गरिरहे पनि यसका दुई क्याप्टेनले अकस्मात राजीनामा दिए पछि जहाज थन्किने निश्चित भएको छ ।

त्यसअघि यही जहाजका प्रशिक्षक पाइलट आङनुरी शेर्पाले पनि राजीनामा दिए । त्यस्तै एक वरिष्ठ क्याप्टेन नेपेन्द्र भट्टराईलाई निगम व्यवस्थापनले बर्खास्त गर्यो ।

निगमका एक उच्च अधिकारीका अनुसार वरिष्ठ क्याप्टेनहरु सञ्जयबादे श्रेष्ठ र अनिशमान शाक्यले १७ सिटे चिनियाँ जहाज वाई१२-ईु को क्षमता चित्त नबुझेको र अन्तराष्ट्रिय उडान गर्ने ठूला जहाज बडाउने बाटो पनि नखुलेको भन्दै राजीनामा दिएका छन् ।

उनीहरुको राजीनामा स्वीकृत भने भइसकेको छैन । अब ती चिनीयाँ जहाज उडाउन निगमसँग एकजना मात्र क्याप्टेन बाँकी छन् उद्धव घिमिरे । एक मात्र क्याप्टेनले एउटा जहाज उडाएपछि अर्को जहाज उडाउने क्याप्टेन हुँदैनन्, अनि तालिका भए पनि जहाज थन्किन्छ ।

क्याप्टेन भट्टराईलाई सर्वोच्चले काममा फर्कायो

-नेपाल वायुसेवा निगमले भविष्यमा अयोग्य नठहरिने गरी बर्खास्त गरेको वरिष्ठ क्यप्टेन नृपेन्द्र भट्टराईलाई सर्वोच्च अदालतले काममा फर्काएको छ ।