प्रवास

एनआरएनको अध्यक्षमा भवन भट्टको शानदार जित, श्रीमतीको लज्जास्पद हारपछि घले भागे (बिस्तृतमा)

काठमाण्डौ । एनआरएनको शनिबारबाट सम्पन्न निर्बाचनमा भवन भट्टले विजयी हाँशिल गरेका छन, अक्टोबर १४.१७ बिच ८ औं एनआरएनए विश्व सम्मेलनमा ७६ देशका १८५४ प्रतिनिधीहरुबाट भट्टले १११७ मत लिएर बिजयी भए भने उनका प्रत्यासी गुरुङले ५८४ मत प्राप्त गरेकि थिईन् । भट्टका साथै उपाध्यक्षमा कुमार पन्त, कुल आचार्यबिजयी भएका छन् भने महिला उपाध्यक्षमा सपिला रावभण्डारी माहासचिवमा बद्री केसी, सचिवमा डीबी क्षेत्री, कोशाध्यक्षमा हिक्मत थापा, सहकोशाध्यक्षमा सोमनाथ सापकोटा, महिला संयोजकमा बेल्जीयमकी रजनी प्रधान, युवा संयोजक सुधन थापा, एसिया संयोजक किरण थापा, उपसंयोजक पारसमणी पाख्रेल विजयी भएका छन् ।
त्यसैगरी अमेरिकाको क्षेत्रीय संयोजकमा गौरीराज जोशी विजयी भएका छन् भने अमेरिका क्षेत्रीय उपसंयोजकमा नवीन शेरचन विजयी भएका छन् । यसैगरी, अमेरिकाको क्षेत्रीय महिला संयोजकमा डा। वर्शा मोक्तान तामाङ र क्षेत्रीय महिला उपसंयोजकमा संगीता लम्साल शिवाकोटी निर्विरोध निर्वाचितभएका छन् । केहिदिन अगाडिमात्र दुई कार्यकाल अध्यक्ष भएका शेष घलेकी पत्नीले एनआरएनको अध्यक्षमा निर्बाचन लड्ने घोषणा गरेपछि एनआरएनबृतमा राजनीतिक गर्मी भएको थियो । जमुना घलेको हारपछि निबर्तमान अध्यक्ष शेष घले राती नै होटल छाडेर हिंडेको एनआरएन अष्ट्रेलियाका एक प्रतिनिधि बताउछन् । खुसीयाली साटासाट भएपनि निर्बाचन आयोगले औपचारीक रुपमा वियी घोषणा गरेको छैन ।

अगाडीको एनआरएन अधिवेशनमा शेष घलेसंग निर्बाचन लडेका कतारमा ब्यावशाय संचालन गरेका टीबी कार्कीले पनि केहि महिना अगाडि नै आफू पनि मैदानमा उत्रिने बताएपनि उनलाई युरोप र अमेरिका लगायतका एनआरएनहरुले त्याति महत्वका साथ नहेरेका कारण नोमिनेसन गरेनन् ।
नेपालमा टिबिआई ग्रुपबाट मिडिया, पर्यटन, शिक्षा लगायतका क्षेत्रमा लगानि गरेर अरबौको लगानी भित्र्याएका भट्ट कम बोल्ने र बढी काम गर्ने एनआरएन भएके प्रमाणीत हुन्छ । भट्टले धुलिखेलमा बिशाल रिसोर्ट, बीबी एयरवेज, कारोबार मिडिया लगायतका ब्यवशाय संचालन गरेका छन् । केहिदिन अगाडीमात्र नेपाल एयरलाईन्सको बिग्रेको बोईगं १३ करोडमा खरीद गरेका थिए।
शेष घलेले भने एनआरएन मार्फत बिनासकारी भूकम्पका बेला गोरखाको वारपाकमा क्षती भएको ठाउका भूकम्पपीडितहरुलाई घर निर्माण गरि हस्तान्तरण गर्ने भनेपनि अहिलेसम्म उक्त घरहरु हस्तान्तरण गर्न सकेका छैनन्, बरु साधारण कलाकार धुर्मुस सुन्तलीले केहि महिनामा नै भूकम्पीडितहरुलाई घर निर्माण गरि हस्तान्तरण गरेका थिए । निबर्तमान अध्यक्ष घलेले राजधानीकोे कान्तिपथमा ८ अर्बको होटल निर्माण गर्ने भनेर उद्घाटन गरेपनि होटल अहिलेसम्म संचालनमा आएको खबर सुनिएको छैन । भर्खरै सम्पन्न अधिवेशनमा एनआरएन अमेरिका, बेल्जियम, जापानमा घलेको पिरियडमा ब्यापक बिबादमा थियो । उक्त बिबाद मिलाउन नसकेकोमा घलेको एनआरएनहरुले सामाजिक संजाल लगायतमा घलेको कार्यको ब्यापक बिबादमा परेको थियो । घलेले आफ्नी श्रीमतीलाई अध्यक्ष बनाउन तीब्र लविगं गरिरहेका र श्रीमती अध्यक्ष नबने आफूहरुको अष्ट्रेलियाको नागरिकता सुरक्षित भएकोले आफुलाई नेपालमा लगानी गर्नैपर्छ भन्ने बाध्यता नभएको धम्की दिन थालेको समाचार मिडियामा आईरहेको छ ।
जापानमा दुई सय भन्दा बढी होटल रेष्टुरेण्ट भएपनि नेपालमा नै लगानी गरेर नेपाली दाजुभाईहरुलाई रोजगार दिईरहेका भबन भट्टलाई नै सम्पूर्ण एनआरएनहरुको साथ रहने र उनले नै जित्ने सम्भाबना रहेको देखिन्छ । शेष घलेको दुई कार्यकाल अध्यक्ष हुँदासम्म नेपालमा कुनैपनि ब्यावशायमा लगानी गरेको देखिदैन, उनले ३० अर्बभन्दा बढी लगानी भित्र्याएको दाबी भने गर्ने गरेका छन् । उनले अप्रत्यक्ष लगानी गरेका भए उनै जानुन । टीबी कार्की अशल भएपनि उनको पक्षमा माहौल नभएको आँकलनका कारण दुरदर्शी रुपले नोसिमनेसन दर्ता नगरी कसैलाई पनि समर्थन नगरेको बताउदै विज्ञप्ती जारी गरेका थिए ।
भवन भट्टको जितले गफमात्र गर्ने काममा सिन्को नभाँच्ने शेष घलेको मनदुख्नु स्वभाविक भएको एनआरएन जापानका एक प्रतिनिधिले सुर्यखबरलाई बताए ।
शेष घलेले आफ्नी श्रीमती लाई जिताउन करोडौं खर्च गरेपनि उक्त खर्च गरिएको रकम खेर गएको जमनीबाट प्रतिनिधित्व गर्ने एक एनआरएनले बताए । अमेरिकी जनसम्पर्कसमितिका उच्च तहका नेताका अनुसार शेष घलेका कारण नै अमेरिकाको एनआरएन ब्यापक बिबादमा परेको थियो । एनआरएनको ईतिहासमा पहिलोपटक मुद्धा समेत परेको थियो ।