राजनीति

कांग्रेस नेतानै अवैध धन्दामा संलग्न रहेको पाइएपछि….

काठमाण्डौ । ८८ केसी सुन तस्करीको अभियोगमा नेपाल कांग्रेसका नेता तथा नेपाल चीन केरुङ ब्यापार संघका अध्यक्ष मानबहादुर तामाङ पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले तामाङलाई स्वयम्भुबाट पक्राउ गरेको हो । उनी रसुवाबाट नेपाली कांग्रेसको कोटाबाट आगामी संसद्का लागि सिफारिसमा परेका छन् ।

गत भदौ १९ गते काठमाडौंको क्षेत्रपाटीबाट बरामद भएको ८८ केजी सुन तस्करीमा तामाङको संलग्नता खुलेपछि उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ भन्दै मंगलबारको कारोबारमा लेखिएको छ ।