प्रवास

श्रीमती जमुना अध्यक्ष नभए आफूसंग अष्ट्रेलियन नागरिकता सुरक्षित रहेको घलेको धम्की, यसकारण भबन भट्ट अध्यक्ष बन्ने निश्चित

काठमाण्डौ । दुई कार्यकाल अध्यक्ष भएका शेष घलेकी पत्नीले एनआरएनको अध्यक्षमा निर्बाचन लड्ने घोषणा गरेपछि केहि महिना अगाडि नै अध्यक्षमा निर्बाचन लड्ने घोषणा गरेका भबन भट्टलाई सकस परेको छ ।
अगाडीको एनआरएन अधिवेशनमा शेष घलेसंग निर्बाचन लडेका कतारमा आफ्नो ब्यावशाय संचालन गरेका टीबी कार्कीले पनि केहि महिना अगाडि नै आफू पनि मैदानमा उत्रिने बताएपनि उनलाई युरोप र अमेरिका लगायतका एनआरएनहरुले त्याति महत्वका साथमा हेरेका थिएनन् । तर बर्तमन अध्यक्ष समेत रहेका शेष घलेकी पत्नि निर्बाचन लड्ने भएपछि मुखैमा आएको एनआरएनको अध्यक्षको पद कसरी हात पार्ने भन्नेमा भट्ट चिन्तित देखिन्छन् । नेपालमा टिबिआई ग्रुपबाट मिडिया, पर्यटन, शिक्षा लगातिका क्षेत्रमा लगानि गरेर अरबौको लगानी भित्राएका भट्ट कम बोल्ने र बढी काम गर्ने एनआरएन भएके प्रमाणीत हुन्छ । भट्टले धुलिखेलमा बिशाल रिसोर्ट, बीबी एयरवेज, कारोबार मिडिया लगायतका ब्यवशाय संचालन गरेका छन् । केहिदिन अगाडीमात्र नेपाल एयरलाईन्सको बिग्रेको बोईगं १३ करोडमा खरीद गरेको छन् ।
शेष घलेले भने एनआरएन मार्फत बिनासकारी भूकम्पका बेला गोरखाको वारपाकमा क्षती भएको ठांका भूकम्पपीडितहरुलाई घर निर्माण गरि हस्तान्तरण गर्ने भनेपनि अहिलेसम्म उक्त घरहरु हस्तान्तरण गर्न सकेका छैनन्, साधारण कलाकार धुमुस सुन्तलीले केहि महिनामा नै भूकम्पीडितहरुलाई घर निर्माण गरि हस्तान्तरण गरेका थिए । अध्यक्ष घलेले राजधानीकोे कान्तिपथमा ८ अर्बको होटल निर्माण गर्ने भनेर उद्घाटन गरेपनि होटल अहिलेसम्म संचालनमा आएको खबर सुनिएको छैन । भर्खरै सम्पन्न अधिवेशनमा एनआरएन अमेरिका, बेल्जियम, जापानमा घलेको पिरियडमा ब्यापक बिबादमा थियो । उक्त बिबाद मिलाउन नसकेकोमा घलेको एनआरएनहरुले सामाजिक संजाल लगायतमा घलेको कार्यको ब्यापक बिबादमा परेको थियो । घलेले आफ्नी श्रीमतीलाई अध्यक्ष बनाउन तीब्र लविगं गरिरहेका र श्रीमती अध्यक्ष नबने आफूहरुको अष्ट्रेलियाको नागरिकता सुरक्षित भएकोले आफुलाई नेपालमा लगानी गर्नैपर्छ भन्ने बाध्यता नभएके धम्की दिन थालेका छन् ।
जापानमा दुई सय भन्दा बढी होटल रेष्टुरेण्ट भएपनि नेपालमा नै लगानी गरेर नेपाली दाजुभाईहरुलाई रोजगार दिईरहेका भबन भट्टलाई नै सम्पूर्ण एनआरएनहरुको साथ रहने र उनले नै जित्ने सम्भाबना रहेको देखिन्छ । शेष घलेको दुई कार्यकाल अध्यक्ष हुदासम्म नेपालमा कुनैपनि ब्यावशायमा लगानी गरेको देखिदैन । उनले अप्रत्यक्ष लगानी गरेका भए उनै जानुन । टीबी कार्की अशल भएपनि उनको पक्षमा माहौल नबने देखिएपनि अब भबन भट्टकै पल्ला भारी भएको संसालभरीबाट काठ्माण्डौ आएका एनआरएनका प्रतिनिधिहरुले हेर्न चाहेको बताउछन् ।