पु.समाचार

नेपाल प्रहरीले चीनलाई अत्याउने योजनाको भित्री सुचना पाएपछि….

काठमाण्डौ । चिनियाँ कम्युनिष्ट पार्टीको १९ ओं नेशनल कंग्रेस बैठक बुधबारदेखि सुरु हुँदैछ । बेइजिङमा हुने चिनियाँ कम्युनिष्ट पार्टीको बैठकको सुरक्षा प्रवन्धन भने काठमाडौंसम्म जोडिएको छ ।

नेशनल कंग्रेसको बैठक नजिकिँदै गर्दा काठमाडौंमा चीनविरोधी गतिविधिको तयारी भइरहेको सूचनाका आधारमा प्रहरीले सतर्कता बढाएको छ ।

बैठकलाई विश्वले नै चासोका साथ हेरिरहेका बेला तिब्बती शरणार्थीले चीनलाई दबाब दिने गतिविधि काठमाडौंमा गर्ने तयारी गरिरहेको सूचना नेपाल प्रहरीले पाएको छ ।

यही बेला आत्मदाह गर्दा चीनलाई दबाब दिन सकिने भन्दै केही तिब्बती शरणार्थीलाई काठमाडौंमा आत्मदाह गराउन खोजिएको सूचना प्रहरीले पाएको भन्दै सोमबारको नयाँ पत्रिकामा लेखिएको छ ।