पु.समाचार

प्रचण्डको बाटो हेर्दै प्रधानमन्त्री देउवा

काठमाण्डौ । वाम गठबन्धनपछि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच सम्बन्ध विग्रिएको छ । तर, प्रधानमन्त्री देउवा माओवादी अध्यक्ष प्रचण्डको निर्णयको प्रतिक्षामा रहेका छन् ।

प्रधानमन्त्री देउवाले माओवादीका मन्त्री हटाउने गरी सातौंपटक मन्त्रिपरिषद विस्तार गरे पनि माओवादीले सरकारमा सहभागी भएका आफ्ना मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको छ ।

त्यसपछिको अवस्थालाई मध्यनजर गर्दै प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कस्तो निर्णय गर्लान् भन्दै बाटो हरिरहेका छन् भन्दै सोमबारको नेपाल समाचारपत्रमा समाचार लेखिएको छ ।