राजनीति

पार्टी फुटाएर असन्तुष्टी बनेका गच्छदार अन्ततः काँग्रेसमा फर्किए !

काठमाण्डौ । विजयकुमार गच्छदारको मधेशी जनअधिकार फोरम लोकान्त्रीक आईतबारबाट काँग्रेसमा मिसिले भएको छ । पटक पटक काँग्रेससंग मिसिने भनिएपनि बिभिन्न गिभ एण्ड टेकमा कुरा नमिल्दा घोषणा गर्न सकिएकोे थिएन ।

०६४ सालमा कााग्रेसबाट फुटेर उपेन्द्र यादबले गठन गरेको मधेशी जनअधिकार फोरममा गएर पटक पटक मन्बी र पछि उपेन्द्रसंग फुटेपछि मधेशी जनअधिकार फोरम लोकतान्त्रीक गठन गरेका गच्छदार हाल उपप्रधान एबम् स्थानीय बिकासमन्त्री छन् ।

स्रोतका अनुसार विजय गच्छदारलाई काँग्रेससंग फुटेर जाँदा सन्तुष्टी थिएन । अन्तमा उनी आज ६ बजे काँग्रेस सभापति शेरबहादुर देउवासंग हस्ताक्षर गरेर एकीकरण काँग्रेसमा मिसिने प्रधानमन्त्रीका प्रेश सल्लाहाकार गोबिन्द परिवारले बताए ।

काँग्रेसमा लामो समय बिताएका गच्छदार १० बर्षएपछि पुनः उक्त पार्टीमा मिसिने निश्चित भएको छ ।