पु.समाचार

६ लाख नगद सहित ३३ जुवाडेहरु बाकुमारी ब्याँकेटबाट पक्राउ

ललितपुर । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ३३ जनालाई नगद सहित पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने सुचनाका आधारमा महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी प्रभाग बालकुमारीबाट खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका -९ स्थित बालकुमारी ब्यांकेटमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर महानरपालिका-१६ बस्ने राजेन्द्र शाक्य सहित ३३ जनालाई पक्राउ गरेको छ ।

उक्त स्थानबाट प्रहरीले नगद रु. ६ लाख १ सय ४० रूपैयाँ सहित जुवातासमा प्रयोग भएका ३ बुक तास र ३२ थान कौडा समेत फेला पारेको छ । घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।