उर्जा

अढाइ महिनामा डेढ सय ट्रान्सफर्मर जले

विराटनगर । विराटनगर  (मेची र कोसी) अञ्चलका १० जिल्लामा अढाई महिनामा डेढ सय विद्युतका ट्रान्सफर्मर जलेका छन् । कम गुणस्तर र भार क्षमताभन्दा बढी लोड दिएका कारण यतिका धेरै ट्रन्सफर्मर जलेका हुन् ।

यस आर्थिक बर्षको अढाइ महिनामा मात्र एक सय ४८ वटा ट्रान्सफर्मर जलेको विद्युत प्राधिकरण पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख ब्रजभुषण चौधरीले बताए ।

उनले भने, धेरै ट्रान्सफर्मर पहाडी जिल्लामा चट्याङले क्षति पुर्याएका छन् । क्षमताभन्दा बढी भारका कारण पनि जलेका हुन सक्छ । तर, धेरै चाहिँ चट्याङले हानेको छ ।