स्वास्थ्य

युवतीहरु किन अण्डा खान चाहादैनन् ? डाक्टरहरुले खोले अनौठो रहस्य

काठमाण्डौ । कुखुराको अण्डा पोषणको प्रमुख स्रोत हो । अण्डामा स्वास्थ्यका लागि आवश्यक प्रोटिन, कार्बोहाइड्रेड र बोसो हुन्छ । शरीरलाई हित गर्ने पोशक तत्व भएपनि अण्डा खान युवतीहरुले रुची नदिने चिकित्सकहरुले बताएका छन् ।

खास गरेर १७ देखि २५ उमेरसम्मका युवतीले अण्डा खान रुची नदिने देखिएको छ । कसै कसैका आमाबाबुले हामीलाई समेत लौन डाक्टर साप छोरीलाई अण्डा खाँदा हुने फाइदा बताइदिनुपर्यो भन्नुहुन्छ । निकै प्रष्टसँग फाइदाका बारेमा कुरा राखेपछि एकाध बल्ल तयार हुन्छन्, नेपाल स्वास्थ्य अनुसन्धान परिषदको उपाध्यक्षसमेत रहेका चिकित्सक डा. भोजराज अधिकारीले भने ।

डा. अधिकारीले भने, यो उमेरका युवायुवतीलाई अण्डाले झन निकै फाइदा गर्छ । तर मोटाइन्छ भन्ने त्रासले उनीहरु अण्डा खाँदैनन् ।

आइतबारको नागरिकमा लेखिएको छ, विश्व अण्डा दिवसका दिन शुरक्रबार भरतपुर (चितवन)मा आयोजना भएको कार्यक्रममा उनीहरुले यस्तो अनुभव सुनाएका हुन् ।