पु.समाचार

संसदको अन्तिम बैठकमा यस्तो थियो शीर्ष नेताहरुको सम्बोधन

काठमाण्डौ । संविधानसभाबाट रुपान्तरित भई बनेको व्यवस्थापिका संसद्को शनिबार बसेको अन्तिमब बैठकमा प्रमुख दलका शीर्ष नेताहरुले सम्बोधन गरे । अपराह्न ३ बजेर २५ मिनेटमा सुरु बैठकमा प्रमुख तीन दलसहित संसद्मा प्रतिनिधित्व गर्ने २३ नेताले सम्बोधन गरे ।

सम्बोधनका क्रममा नेताहरुले विगतको समीक्षाभन्दा बर्तमान रानीतिक विषयवस्तुमै आफ्नो अभियुक्त केन्द्रित गरे । कांग्रेस र एमालेका नेताबीच मन्त्रिपरिषद विस्तारको विषयमा घोेचपेच चल्यो ।

आइतबारको नागरिकमा लेखिएको छ, संविधानसभाबाट संविधान जारी गर्दा प्रमुख दलहरुबीच जुन एकता देखिएको थियो त्यो शनिबार बसेको संसद्को अन्तिम बैठकमा भने देखिएन ।