राजनीति

काँग्रेस धनुषाद्वारा उम्मेदवार सिफारिस

महेन्द्रनगर, धनुषा । नेपाली काँग्रेस धनुषाले प्रतिनिधिसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार सिफारिस गरेको छ ।

काँग्रेसका सभापति रामसरोज यादवले दिएको जानकारीअनुसार सबै उम्मेदवारको नामावली केन्द्रमा पठाइएको छ । सिफारिस गरिएकामध्ये धनुषा निर्वाचन क्षेत्र नं ३ मा विमलेन्द्र निधिको नाममा मात्रै सर्वसम्मति भएको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ आनन्दप्रसाद ढुंगाना र प्रेमकिशोर साह तथा समानुपातिकततर्फ पुष्पलता लामा, मेघनाथ यादव, पुनमदेवी पंजियार र उपादेवी साहको नाम सिफारिस गरिएको छ ।

प्रदेशसभाका लागि क्षेत्र नं १ को कबाट प्रत्यक्षतर्पm हरिनारायण साह, मो लियाकत अलि, श्यामनारायण यादव, जगतसुन्दर साह र भोला पंजियार तथा समानुपातिकतर्फ जीतनारायण यादव, मनहरि श्रेष्ठ, निर्मल साह र रेखा साहको नाम सिफारिस गरिएको छ ।
त्यसैगरी प्रदेशसभाका लागि क्षेत्र नं १ को खबाट प्रत्यक्षमा रामपल्टन साह, श्यामलाल महतो, रामउदय यादव र रामकृष्ण मण्डल तथा समानुपातिकतर्फ राजकिशोर सिंह, रामसत साह र युसुफ नदाफलाई सिफारिस गरिएको छ ।

प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ रामकृष्ण यादव र दिनेशप्रसाद प्रसैला तथा समानुपातिकतर्पm मुक्ताकुमारी यादव, सरस्वती चौधरी र राजाराम अरगरियालाई तथा प्रदेशसभा २ को कबाट प्रत्यक्षमा विशेश्वर यादव, राजेश्वर गोइत र सुदेशकुमार चौधरीलाई सिफारिस गरिएको छ । सो क्षेत्रबाट समानुपातिकतर्पm रामसुन्दर महरा, राजकुमार साह, रामसेवक मण्डल, धर्मनाथ यादव, पुनमलदेवी यादव, सुजितलाल मरिक र शिवेश्वर साफीलाई सिफारिस गरिएको छ ।

त्यसैगरी प्रदेशसभा क्षेत्र नं २ को २ तर्फ भोला चौधरी, राजदेव यादव, शत्रुधन यादव, शुभनारायण यादव र दुर्गीदेवी मण्डल तथा समानुपातिकतर्फ राजकिशोर सिंह, रामकुमार साफी, सुधीरकुमार गोइत, उत्तिमप्रसाद मण्डल, दिनेशकुमार यादव, लक्ष्मीकुमारी महतो र सवितादेवी रोहितालाई सिफारिस गरिएको छ ।

त्यसैगरी प्रतिनिधिसभाको समानुपातिकतर्फ स्मृतिनारायण चौधरी, शिवचन्द्र चौधरी, मीनाक्षी झा, लक्ष्मी भण्डारी, प्रमिला दास, धर्मेन्द्र झा र कृष्णा ठाकुर सिफारिसमा परेका छन् ।

प्रदेशसभाको क्षेत्र नं ३ को कबाट प्रत्यक्षतर्फ रामसरोज यादवको नाम सिफारिस गरिएको छ । त्यसैगरी समानुपातिकततर्फ रामनाथ चौधरी, विनोद यादव, देवचन्द्र झा, अरुणकुमार पंजियार, धीरेन्द्रकुमार निधि, विश्वनाथ ठाकुर, रामललित साह, उर्मिलादेवी यादव, सरेन्द्र पासमान, श्यामकिशोर यादव, सञ्जय लाभ, विनय यादव, नवीन मिश्र, छेदी राउत, कलाधर झा, शम्भुनाथ झा, शंकरकुमार झा, रामतोलादेवी मण्डल, रामकुमार मण्डल, उमेशप्रसाद चौधरी, कल्पना मण्डल, कमलकान्त झा, लियाकत खान पैठान, सावित्री श्रेष्ठ, जयकिसुन पासमान, राजकुमार मण्डल, राजोदेवी, तसलिम मन्सुरी, शिवोदेवी महरा, सीतादेवी मण्डल, रामनाथ यादव र रामसोभित मण्डलको नाम सिफारिस गरिएको छ ।

त्यसैगरी सो क्षेत्रको २ बाट प्रत्यक्षतर्फ बजरंगप्रसाद साह, दिगम्बर राय, किशोरी साह र उमेशप्रसाद सिंह तथा समानुपातिकतर्फ प्रफुल्लाराज घिमिरे, कन्हैयालाल कर्ण, वैद्यनाथ साह, हरिशंकर साह, निर्मलकुमार चौधरी, मो शोयब, ईश्वर यादव, रामेश्वर यादव, श्याम साह, अनिलम देवी, सम्झना वर्मा र प्रमिला साहको सिफारिस भएको छ ।
प्रतिनिधिसभाको क्षेत्र नं ४ को प्रत्यक्षतर्फ महेन्द्र यादव, डा चन्द्रमोहन यादव र वासुलाल महतो तथा समानुपातिकतर्फ तुलसा आचार्य, वासीलाल महतो र यज्ञराज शर्मा सिफारिस गरेका छन्।

प्रदेशसभातर्फ १ मा प्रत्यक्षतर्फ सन्तोषकुमार यादव, श्रीराम साह र चुन्नीशरण यादव तथा समानुपातिकतर्फ रामवरण पासमान, भोगेन्द्र मिश्र र मकसूदन यादव एवं प्रत्यक्ष २ मा महेन्द्र महता, मदन घिमिरे र श्यामलाल महतो तथा समाुनपातिकतर्फ, मीनादेवी पंजियार, अशोक ठाकुर र मोहनकुमार माथेमा सिफारिसमा परेको छ ।