मनोरञ्जन

चिनियाँ आइडलमा नेपाली युवाले यसरी तताए माहोल

एजेन्सी । नेपालका एक युवाले चीनको रियालिटी सो (चिनियाँ आइडल)मा गाउने मौका पाएका छन् । नेपालका सन्देशसिंह देउजाले चिनियाँ रियालिटी शोमा नेपाली पोसाकमै सजिएर आफ्नो प्रस्तुति दिएका हुन् ।

नेपाली ढाका टोपी र दौरा सरवालमा सजिएर प्रस्तुति दिएका देउजाले त्यहाँका दर्शकलाई निकै तताएका थिए । चिनियाँ भाषामा गाइरहँदा उनलाई त्यहाँका दर्शकहरुले उनलाई निकै हर्षोल्लासका साथ ताली पिटेर साथ दिएका थिए ।

https://www.youtube.com/watch?time_continue=1&v=BTMfbnyeP6Q