अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा एसियाको अर्को राष्ट्रमाथि नाकाबन्दी लगाउने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले मध्यपूर्वमा अतिक्रमणकारी भूमिका निर्वाह गरिरहेको आरोप लगाउँदै उविरुद्ध थप नाकाबन्दीहरु लगाइने घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले इरान सरकारको शत्रुतापूर्ण व्यवहारको जवाफ दिने बताए।

उनले इरानले मध्यपूर्वमा अतिक्रमणकारी भूमिका निर्वाह गरिरहेको आरोप पनि लगाए। उनले इरानले कहिल्यैपनि आणविक अस्त्र क्षमता हासिल गर्न नसकोस् भनेर आफुले सुनिश्चित गर्ने पनि बताए।

शुक्रबार अपरान्ह ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले उनको प्रशासनले सो सम्झौतालाई अनुमोदन नगर्ने र त्यसमा फेरबदल गर्नेबारे अमेरिकी कँग्रेस र अमेरिकाका मित्र राष्ट्रहरुसँग छलफल गरिने पनि बताए।

उनले दुई वर्षअघि आफ्ना पूर्ववर्ती बराक ओबामाले नेतृ्त्व गरेको प्रशासनले इरानसँग गरेको आणविक सम्झौताको पनि कडा आलोचना गरे। इरान सम्बन्धी नयाँ रणनीति सार्वजनिक गर्दै उनले इरानले परमाणु अस्त्र हासिल गर्ने सबै बाटो वाशिंगटनले बन्द गरिदिने पनि बताए। उनले इरानमाथि आतंकवादलाई बढवा दिएको आरोप पनि लगाए।