स्वास्थ्य

डेंगु र स्क्रबटाइफस पत्ता लगाउने कीट खरिद गरिने

काठमाडौँ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु र स्क्रबटाइफस पत्ता लगाउने कीट खरिद गर्ने तयारी गरेको छ । महाशाखाका निर्देशक डा.भीम आचार्यले बाहिर हल्ला भएको जस्तो कीट अभाव नभएको बताए ।

उनले भने, “निकै धेरै होइन, केही मात्रामा अभाव भएको छ, हामीले आपूर्तिमा पाँच/पाँच हजार स्क्रबटाइफस पत्ता लगाउने कीट खरिदका लागि पत्राचार गरिसकेका छौँ, प्रक्रिया शुरु भइसकेको छ ।”

अघिल्लो वर्ष चार जनाको ज्यान लिएको डेंगु यो वर्ष दुई हजार २२ जनामा देखिएको छ । महाशाखाका अनुसार जनवरीदेखि हालसम्म १७ जिल्लामा देखिएकामा सर्लाही, महोत्तरी, धादिङ र चितवनमा सबैभन्दा बढी संक्रमित देखिएका छन् । गत वर्षभन्दा धेरै संक्रमित भए पनि कसैको मृत्यु नभएको निर्देशक आचार्यले बताए ।

गत वर्ष एक हजार ५०० व्यक्तिमा डेंगु देखिएको थियो । पानी परेन भने डेंगुका बिरामी घट्ने निर्देशक आचार्यले बताउनुभयो । उहाँले अब बढीमा १०० जनासम्म बिरामी देखिनसक्ने अनुमान गर्नुभयो । यसका कारण यो वर्ष नौ जनाको मृत्यु भएको छ ।