पु.समाचार

अनशनस्थलमै यसरी मनाए डा.केसीले आफ्नो बर्थडे

काठमाण्डौ । शिक्षण अस्पताल चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गत गणेशमानसिंह भवनको दोस्रो तलाको एउटा कोठाको एक छेउ मान्छेको भीडले भरिभराउ छ । त्यहि कोठाको अर्को छेउमा डा.गोविन्द केसी सुतिरहेका छन् ।

दायाँ हातको नाडीमा ब्यान्डेज कसिएको छ । बायाँ हातको नाडीमा स्लाइन चढाइएको छ । अनि माथितिर लेखिएको छ, १३ औं अनशन, नवौं दिन ।

यो दृश्य देशमा भएका विकृति विसंगतिविरुद्ध अनशनरत डा.केसीको अनशन हो । शुक्रबार साँझ ६ बजेतिर डा.केसीका शुभेच्छुक उनलाई जन्मदिनको शुभकामना दिन त्यहाँ भेला भएका थिए । असोज २७ गते डा. केसीको जन्मदिन हो । उनी शुक्रबार ६२ बर्षमा प्रवेश गरे ।

जन्मदिन खुशी भएर मनाउनुपर्ने भए पनि हामी भावविह्वल छौं । डा.केसीका एक शुभेच्छुकले भने, हामीलाई त त्यो दिन खुशीको हुनेछ, जुन दिन डा.केसीले राखेका माग पुरा हुनेछन् भन्दै शनिबारको नागरिकमा समाचार प्रकाशित छ ।