पु.समाचार

शिक्षामन्त्री गोपालमान श्रेष्ठले भेट्न समय नदिएपछि….

काठमाण्डौ । उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठको कार्यकक्षमा शुक्रबार दिउँसो पुगेका ९ विद्यार्थी संगठनका नेताले विभिन्न नाराबाजी गर्दै बहिष्कारको धम्कीसमेत दिए ।

१२ बजे शिक्षा मन्त्रालय पुगेका नेविसंघबाहेक ९ विद्यार्थी संगठनलाई शिक्षा मन्त्रीले भेट्ने समय नदिए पछि उनीहरुले मन्त्रीको सचिवालयमै नारावाजी गरेका थिए । सचिवालयमा नारावाजी गरेपछि कर्मचारी र विद्यार्थी नेताबीच हात हालाहाल भएको थियो ।

शनिबारको नेपाल समाचारपत्रमा लेखिएको छ, प्रहरीले सचिवालयबाट निकालेपछि विद्यार्थीले मन्त्रालयको मूल गेटमा कोणसभा गरेका थिए । मन्त्री भेट्न गएका विद्यार्थीले कालोमोसो दल्न सक्ने सूचना पाएपछि सचिवालयका कर्मचारीले मन्त्रीलाई भेट नदिएको एक कर्मचारीले बताए ।