राजनीति

राप्रपा अध्यक्ष थापा उपप्रधानमन्त्रीमा नियुक्त, शनिबारको सपथपछि मन्त्रीपरिषद ६४ सदस्यीय हुने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बिस्तार गरेपछि सपथका लागि राष्ट्रपति कार्यालयमा आज पत्र पठाएका छन्
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री, जयन्त चन्द, दिलनाथ गिरी र विक्रम थापालाई मन्त्रीका लागि सिफारिस गरिएको पत्र राष्ट्रपति कार्यालयमा पठाइएको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जनाएको छ ।

यसैगरी राज्यमन्त्रीमा कुन्तीकुमारी शाही, सुशीलकुमार श्रेष्ठ, भाष्कर भद्रा र कान्ता भट्टराईलाई सिफारिस गरिएको छ । राप्रपाले मन्त्रिपरिषद्मा सहभागी हुने नेताको नाम प्रधानमन्त्री देउवासमक्ष सिफारिस गरेको सो पार्टीका प्रवक्ता भुवन पाठकले जानकारी दिए।

मन्त्रीहरुको शपथ कार्यक्रम शनिबार हुने भनिए पनि अहिलेसम्म शपथको कार्यक्रम तय नभएको राष्ट्रपति कार्यालयले जनाएको छ । राप्रपाका मन्त्रीहरु थपिएपछि ६४ सदस्यीय मन्त्रीपरिषद हुनेछ ।