पु.समाचार

नगारिक उड्डयन प्राधिकरणले चाल्यो महत्वपूर्ण कदम, अब नेपाली आकाश थप सुरक्षित

काठमाण्डौ । हवाई उडानलाई थप व्यवस्थित र सुरक्षित बनाउने उदेश्यले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल तथा ललितपुरको भट्टेडाँडामा दुइ वटा नयाँ राडार जडान गरिएको छ ।

देशका अधिकांश भूभागलाई समेट्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ राडार जडान गरे पछि देशभरिको उडान थप सुरक्षित हुने भएको हो ।
जडान कार्य सकिएपछि देशकै व्यस्त त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आवत जावत गर्ने सम्पूर्ण विमानको अवस्था जानकारी पाउन सहज हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको भन्दै शुक्रबारको नेपाल समाचारपत्रमा लेखिएको छ ।

आगामी नोभेम्बर १६ र १ड मा संयुक्त राज्य अमेरिकाबाट फेडरल एभिएसन एड्मिनिस्ट्रेसनबाट जहाज ल्याएर नयाँ राडारको फ्लाइट क्यालिब्रेसन गरी नयाँ राडारको चेकजाँच पूरा भएपछि सञ्चालनमा आउने प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।