पु.समाचार

गौचन हत्याको अनुसन्धानका लागि गठित समितिले दियो नयाँ संकेत

काठमाण्डौ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या अनुसन्धानका लागि गठित समितिले हत्यामा संलग्न सुटर पहिचान खुलेको दाबी गरेको छ ।

घटनाको चौथो दिन समितिले गोली हान्न संलग्न् सुटरको स्केच बनाएको र मोटरसाईकल नम्बरसमेत खुलेको दावी गरेको हो । तर समितिले दुवै गोप्य राखेको छ ।

रातो रङको मोटरसाईकलमा आएका सुटरले गौचनलाई सोमबार मध्यबानेश्वर खरिबोटमा गोली हानेका थिए । उनलाई गोली हान्ने व्यक्ति घटनाको करिव २ सय मिटरमा रहेको मोटरसाईकल चढेर भागेका थिए ।

शुक्रबारको नागरिकमा लेखिएको छ, घटनाका प्रत्यक्षदर्शीको भनाईका आधारमा प्रहरीले सुटरको स्केच बनाएको अनुसन्धान सम्बद्ध श्रोतले बतयो ।