आर्थिक

सुर्ती अभियानले खायो ४० करोड !

काठमाण्डौ । सरकारले सुर्तीजन्य पदार्थको प्रयोगविरुद्ध जनचेतना अभियान प्रभावहीन बनेको छ । सुर्ती प्रयोगविरुद्ध जनचेतना अभियानमा सरकारले बार्षिक ४० करोड रुपैयाँ खर्च गरिरहेको छ ।

तर प्रयोगकर्ताको संख्यामा भने कमी आएको छैन । आर्थिक बर्ष २०७३/७४ मा तीन अर्ब १८ करोड रुपैयाँको सुर्तीजन्य पदार्थ आयात भएको थियो । यो अघिल्लो आर्थिक बर्षको तुलनामा १० करोड रुपैयाँ बढी हो ।