शिक्षा

डा. केसीको हालत खराब हुँदै, चिकित्सा शिक्षा विद्येयक पारित हुनेमा शंका !

काठमाण्डौ । संसदमा विचारधीन शिक्षा विधेयकमा डा.गोविन्द केसीले उठाएका विषय समेट्न प्रमुख प्रतिपक्ष एमाले र सत्ता साझेदार दल माओवादी केन्द्र तयार नभएपछि विधेयक पारित हुनेमा शंका उब्जिएको छ ।

पटक(पटक कार्यसुचीमा परेर पनि डा.केसीसंग भएको सम्झौता र केदारभक्त माथेमा कार्यदलको सिफारिस विधेयकमा समेट्न आन्ततः कांग्रेस तयार भए पनि अन्य प्रमुख दुई दल तयार नभएपछि पारित हुनेमा सन्देह उब्जिएको हो ।

बिहीबारको नागरिकमा लेखिएको छ, यता चिकित्सा शिक्षा विधेयक पारिलगातका माग राखेर विगत सात दिनदेखि आमरण अनशनमा रहेका डा। गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै गएको छ ।