पु.समाचार

प्रधानमन्त्री देउवामाथि लाग्यो यस्तो आरोप !

काठमाण्डौ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी विधान उल्लंघन गर्दै उम्मेदवारलाई टिकट बाँड्ने अधिकारसम्पन्न संसदीय समिति बनाएका छन् ।

विधानत १४ सदस्यीय हुनुपर्ने समितिलाई उनले १७ सदस्यीय मात्रै बनाएका छैनन्, साधारण सदस्यसमेत हुन अयोग्ग नेता खुमबहादुर खड्कालाई चुनावमा टिकट बाँड्ने महत्वपूर्ण समितिमा मनोनयन गरी कानूनको पनि उल्लंघन गरेका छन् ।

खड्का सर्वोच्चबाट भ्रष्टाचारी ठहर भई जेल सजाय भोगिसकेका व्यक्ति हुन् ।  बिहीबारको कान्तिपुरमा लेखिएको छ, उम्मेदवार छान्ने अधिकारसम्पन्न संसदीय समिति पार्टी महाधिवेशनको दुई बर्षपछि बनेको हो ।