खेलकुद

उत्तरकोरियाली फुटबल खेलाडीलाई अष्ट्रेलियामा प्रतिबन्ध

एजेन्सी । अस्ट्रेलियाले मंगलबार उत्तर कोरियाको युवा फुटबल टोलीलाई आफ्नो देशमा प्रवेश गर्न नदिने घोषणा गरेको छ । उत्तर कोरियालीले विश्वभरबाट आएको विरोधका बावजुत आणविक कार्यक्रमलाई निरन्तर दिएको र त्यको विरोधस्वरुप प्योङयाङको टोलिलाई अस्ट्रेलिया प्रवेशमा रोक लगाइएको त्यहाँको स्थानीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।

सरकारले यु—१९ एएफसी च्याम्पियनसिप क्वालिफायरका लागि अस्ट्रेलिया आउने तयारीमा भएको उत्तर कारियाली टोलिलाई यहाँ प्रवेश गर्न रोक लगाईएको छ, अस्ट्रेलियाली विदेशमन्त्री जुली विसफे भनिन्, विश्वव्यापी विोधका बावजुद प्योङायङले आफ्नो आणविक कार्यक्रमलाई निरन्तरता दिँदै मिसाईलसमेत परीक्षण गर्दै आएको छ । त्यसको विरोधस्वरुप हामी उनीहरुको युवा टोलिलाई रोक्न बाध्य भएका हौं ।

उत्तर कोरिायली यु—१९ टाली एएफसी च्याम्सियनसीप क्वालिफयारका लागि अर्को महिना अस्ट्रेलिया आउने कार्यक्रम थियो ।