सूचना प्रविधि

एनसेल र आईफ्लिक्स बीच सहकार्य, ग्राहकलाई असिमित डेटा र आइफिल्क्समा पहुँच

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले यहिबुधबार विश्वका विकासशील बजारहरुकालागि अग्रणी मनोरञ्जन सेवाआइफिल्क्ससँग सहकार्य गरेको घोषणा गरेको छ । यो सहकार्य अन्तर्गत, एनसेलका ग्राहकले बिहीबार (असोज २६) देखि तीनमहिना सम्मआईफ्लिक्सको विश्वस्तरीय सेवामा असिमित पहुँचको मजालिन सक्नेछन् ।
तीनमहिनाको समयावधिमा एनसेलका ग्राहकले राती १२ बजे देखि बिहान ५ बजे सम्मएनसेलको डेटा सेवाप्रयोग गरी आईफ्लिक्समा रहेको कुनै पनि सामाग्री निःशुल्क हेर्न तथा डाउनलोड गर्न सक्नेछन् । यसका साथै एनसेलका फोरजी ग्राहकले हरेकादिनबिहान ५ बजे देखि बेलुका ५ बजे सम्मथप २ घण्टा आईफ्लिक्सको निःशुल्क मजालिन सक्नेछन् ।
‘‘आफ्नाग्राहकहरुलाई विश्वस्तरीय मनोरञ्जन प्रदानगर्न आईफ्लिक्ससँग सहकार्य गर्न पाउँदा हामी निकै हर्षित छौ । देशको विभिन्न १९ सहरमा फोरजी सेवाविस्तार पश्चातगरिएको यो सहकार्य डिजिटल नेपाल निर्माणको कार्यमा योगदान पुर्याउनएनसेल प्रतिबद्घ रहेको प्रमाण हो र यो सेवाले डेटा तथा कन्टेन्टको बढ्दो मागलाई सम्बोधनगर्नेछ,’’ एनसेलका कर्पोरेट सर्भिसेस् डाइरेक्टर प्रणय आचार्यले भने ।
एनसेलले आईफ्लिक्स अफर ल्याइएको अवसरमा कर सहितमात्र रु ५० मा १ घण्टाको भिडियो प्याक पनि ल्याएको छ ।यो प्याक अन्र्तगत ग्राहकले आईफ्लिक्समा रहेका कन्टेन्टहरु मध्यकुनै पनि कन्टेन्टको एक घण्टा सम्म मजालिन सक्नेछन् र ग्राहकले आफ्नो आवश्यकताअनुसार यो प्याकजति पटक पनिलिन सक्नेछन् ।
विश्वकाविभिन्न २२० भन्दा बढि स्टुडियो तथा डिस्ट्रिब्युटरसँगको साझेदारीमा आईफ्लिक्सले ग्राहकमाझ उनीहरुले रुचाएका प्रसिद्ध, समीक्षकले सह्राएका अन्तर्राष्ट्रिय तथा स्थानीय टीभी सिरियल तथासिनेमाको बृहद संगालो उपलब्ध गराउने छ । जस्तै हलिउडबाट टिनवुल्फ, भाइकिङ् उपलब्धहुनेछन् र बलिउडका सिनेमा जस्तै पिकु, क्रिस थ्रि र हिरोपन्थि जस्ता सामग्रीहरु रहनेछन् ।

नेपालमाआईफ्लिक्स सेवाको शुरुवातभएको अबसरमा, थुप्रै चर्चित सिनेमातथा टीभी शोहरु नेपाली सब टाइटलमा पनि उपलब्ध हुनेछन् ।
“आईफ्लिक्स स्थानीय ग्राहकहरुको मनोरञ्जनको माग पुरा गर्न अत्यन्त संवेदनशील छ । हाम्रो सामग्रीको विशाल संकलनबाट विश्वकाउत्कृष्ट टीभी शो तथासिनेमा नेपालीदर्शक तथाग्राहकलाई आफ्नै रोजाईको डिभाइसमा डाउनलोड वा स्ट्रिम गर्ने सुविधा प्रदानगर्न हामी दत्तचित्तभएर लागेका छौं । यस सेवाको लागिएनसेल, नेपालको अग्रणी मोबाइल सेवाप्रदायकसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तहर्षित छौं, ” आईफ्लिक्सकालागि नेपालकी कन्ट्री लीड भावना घिमिरेले भनिन् ।

ग्राहकले गुगलप्ले वाआइओएस एप्पल स्टोरमागई सजिलै आईफ्लिक्स एप डाउनलोड गर्न सक्छन् र आफ्नो इमेल वा फेसबुक अकाउन्ट प्रगोग गरी एपमा रजिष्टर गर्न सक्नेछन् । एप डाउनलोडगर्दा र कन्टेन्टहरु हेर्दा विद्यमान डेटा शुल्कलाग्नेछ । एक पटकमा ग्राहकले आफ्ना ५ वटा सम्म डिभाइसमा जस्तै मोबाइल, ट्याबलेट, ल्यापटप, डेस्कटप र टीभीमा आईफ्लिक्स पहुँचको मजालिन सक्छन् र एकै साथै दुई वटा डिभाइसमा विभिन्न सामाग्रीहरु हेर्न सक्नेछन् ।