राजनीति

सिटीइभिटीका हाकिममाथि नेविसंघले कालोमोसो दल्यो !

काठमाण्डौ । सिटिईभिटि स्तर महाशाखा प्रमुख जीवनारायण काफ्लेमाथि नेविसंघका कार्यकर्ताहरुले कालो मोसो लगाएका छन् । सिटिइभिटि केन्द्रीय कार्यलयमा नै नेपाल विद्यार्थी संघका केन्द्रीय नेता संगै सिटिइभिटि संयोजक र विद्यार्थी हरु उपस्थित रहकै बेला काफ्लेमाथि कालोमोसो दलिएको हो ।

विद्यार्थीका जायज मागहरुको सुनुवाई नगरेपछि काफ्लेमाथि कालोमोसो दलिएको नेविसंघका नेताहरुले बताएका छन् । विद्यार्थीहरुका मागहरु सम्बोधन गर्न समय(समयमा बैठक बसेनि शैक्षिक मुदाका वालमा सिटीइभिटी नेतृत्वले त्यसको बेवास्ता गर्दा घटना घटेको बुझिएको छ ।

नेविसंघले गत साउन १९ गते आफ्ना मागहरु पुरा नभएको भन्दै उक्त कार्यालयमा ताला समेत लगाएको थियो । त्यसलगत्तै साउन २४ गते विद्यार्थीका मागप्रति छलफल भएपश्चात एक महिनाभित्र ती मागहरु पुरा गर्ने प्रतिबद्धता सिटिइभिटी नेतृत्वले गरेको नेविसंघका नेताहरुको भनाई छ । तर सिटीइभिटी नेतृत्वले त्यसलाई कार्यान्वयन गर्नतिर नभई शिक्षा मन्त्रालय र सिटिईभिटिका कर्मचारी नाफामुखि भई आफुखुसी नयाँ कलेजका लागि बाटो खोलिदिएको उनीहरुको आरोप लगाएका थिए ।

त्यसमा नेपाल विद्यार्थी संघले गम्भीर ध्यानाकर्षण भएको भन्दै साउन २३ गते सम्झौता गरेका थिए। सम्बन्धन प्राप्त कलेजहरुलाइ नियमन गरि सिटिईभिटि को मापदण्डमा ल्यासकेपछि मात्र सम्बन्धन प्रक्रियाका लागि सरोकावालाहरुसंग छलफल गरि नयाँ सम्बन्ध प्रक्रिया अगाडि बढाउने सहमति पछि ताला खोलिएको थियो,तर नयाँ कलेज नदिने भनी भएको निर्णय बिपरित सम्झौताको मसि नसुक्दै आपफुहरुसंग भएको सम्झौता सिटिईभिटि ले नटरेको भन्दै कालोमोसो दलिएको नविसंघका कार्यकर्ताहरुको भनाई छ ।