पु.समाचार

अध्यक्ष मारिएपछि महासचिव देउजालाई तारन्तार शंकास्पद फोन

काठमाण्डौ । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजालाई मंगलबार नम्बर नदेखिनेगरी तारन्तार फोन आयो । महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि त्रसित भए पनि उनले फोन उठाएर र सोधे, हलो, को बोल्नुभयो ? उताबाट भनेको उनले पुरै बुझ्न सकेनन् । तेरै अध्यक्ष भन्ने शब्दमात्रै सुने । फोन काटियो ।

बेलुका ७ बजे घर पुग्दा उनको मोवाईलमा नम्बर नदेखिएको दुइटा मिस कल थियो । बिहीबारको नागरिकमा लेखिएको छ, बारम्बार फोन आइरहेको थियो, एक कलमात्र उठाउन सकेँ, देउजाले भने लबज मंगोलिन भए पनि त्यति प्रस्ट सुनिएन ।