पु.समाचार

एमालेमा प्रबेश गरेलगत्तै काँग्रेसका दुईजनालाई सुनसरीले साधारण सदस्यबाट निष्काशन गर्यो

इनरुवा । नेपाली काँग्रेस सुनसरीले दुई जनालाई पार्टीबाट निष्काशन गरेको छ । पार्टीका महासमिति सदस्य इन्द्र पोखरेल र महाधिवेशन प्रतिनिधि विश्वनाथ ठाकुरलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको पार्टीका जिल्ला सचिव केदार भण्डारीले जानकारी दिए।

‘पोखरेल र ठाकुरले पार्टीको आचरण, मान, मर्यादा, प्रतिष्ठा र हित विपरीत काम गरेका कारण पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरिएकोे’ जनाइएको छ ।

नेता पोख्रेल र ठाकुरलालाई सोमबार नेकपा एमालेका सचिब भीम आचार्यले आफ्नो पार्टीमा प्रवेश गराएका थिए ।