पु.समाचार

प्रहरीलाई पूर्वसुचना प्राप्त भएपनि यसकारण भयो गौचनको हत्या

काठमाण्डौ । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई गत पुसमा गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका नौजना पुर्पक्षका लागि अहिले पनि जेलमा छन् । माघमा पक्राउ परेलगत्तै उनीहरुले प्रहरीलाई सूचना दिएका थिए, ‘मनोज पुन नेतृत्वमा रहेको हाम्रो समूहले अब काठमाडौं ताक्दैछ ।’

पुनका सहयोगीहरुले दिएको पूवसूचनालाई प्रहरीले सदुपयोग गर्न सकेन । यो समूहमाथि नौ महिनासम्म सार्थक हस्तक्षेप हुन नसक्दा सोमबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको दिनदहाडै गोली हानी हत्या भएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकलाई सो समूहका लोप्साङ तामाङले फोन गरी घटनाको जिम्मेवारी लिइसकेका छन् ।

मंगलबारको नयाँ पत्रिकामा लेखिएको छ, केहि महिनाअघि दावा लामामाथि गोली हानेको घटनामा पनि उनले फोन गरेर जिम्मेवारी लिएका थिए ।