स्वास्थ्य

डा.केसीको स्वास्थ्य नाजुक बन्दै

काठमाण्डौ । पाँच दिनदेखि १३ औँ पटक आमरण अनशनमा रहेका प्रा। डा। गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ । डा.केसीको शरिरमा अक्सिजनको मात्रा कम भएर सास फेर्न असजिलो भएपछि अक्सिजन दिन थालिएको छ ।

मंगलबारको कान्तिपुरमा लेखिएको छ, उनको स्वास्थ्य अवस्था निगरानीमा गर्न त्रिवि शिक्षण अस्पतालले गठन गरेको सात सदस्यीय स्वास्थ्य उपचार समितिका अनसार उनको रक्तचापमा समेत कमी देखिएको छ भने पिसावमा एसिटोन देखिएको छ ।