पु.समाचार

यी रहेछन् शरदकुमार गौचनको हत्या गर्ने आक्रमणकारी, खुल्यो रहस्य

काठमाण्डौ । नेपाल निर्माण व्यवासयी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्या रहस्यमय बन्दै गएको छ । सोमबार दिउँसो नयाँ बानेश्वरको खरिबोट नजिकै एक समुहले गोली हानी हत्या गरिएका गौचनको हत्या कसले किन गर्यो रहस्यमय भएको महानगरीय आयुक्त कार्यालका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक जयबहादुर चन्दले जानकारी दिए ।

उनले भने अहिले विभिन्न आफवाह फैलिएको छ , प्रहरीले अफवाहको पछि लाग्ने कुरा भएन,, हामी घटनाको अनुसन्धान गरिरहेका छौं ।

भारतीय सार्पसुटर पक्राउ

भारतबाट काठमाडौं आएका दुई जना सार्पसुटर पक्राउ परेका छन् । शनिबार काठमाडोंका जोरपाटीस्थित नरायणटारबाट पक्राउ परेका दुवै जना भारतीय सार्पसुटर रहेको तथा भारतीय प्रहरकिो खोजीको सुचीमा रहेको नेपाल प्रहरीले जनाएको छ ।

उनीहरु बसैको हत्याका लागि नेपाल आएको प्रहरीको आशंका गरेको छ । मंगलबारको नेपालसमाचार पत्रमा लेखिएको छ, पक्राउ पर्नेमा भारतीय रक्सौलका दिपकुमार श्रीवास्तव र रन्जनकुमार यादवलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।